

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैं, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षडयन्त्रहरू भइरहेका बताए ।
गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए । गठबन्धनभित्र वैचारिक र राजनीतिक रूपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले जिकिर गरे ।
वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेका पनि उनले बताए । उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पूरै विजयी भइसक्यौं भन्न सक्ने स्थिति अझै पनि छैन । यो गठबन्धन तोड्नका लागि अनेक षड्यन्त्र र हतकण्डाहरू अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भई नै राख्या छ । यहाँभित्र अर्को त्यस्तो निरंकुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भई नै राख्या छ । वैदेशिक प्रतिक्रियावादीहरूको त्यो पक्ष जसले नेपालको यो परिवर्तनलाई रुचाएको छैन । यो संविधानलाई रुचाएको छैन । ती शक्तिहरू पनि कहीँ न कहीँ यो गठबन्धन कमजोर पार्ने उपायको खोजीमा छन् । त्यसकारण कर्मचारी साथीहरू तपाईं हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कतिबेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७