

काठमाडौं । सबैभन्दा ठुलो दल नेकपा एमालेले सबै प्रदेश सरकार गुमाएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै एमाले सबै प्रदेशमा प्रतिपक्षी बनेको हो ।
केन्दमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार गुमाएको एमालेले लुम्बिनी, गण्डकी हुँदै वाग्मती प्रदेश सरकारको नेतृत्व गुमाएर सत्ताविहीन बनेको छ ।
सबैभन्दा ठुलो दल एमालेले केन्द्रसँगै चारओटा प्रदेशको नेतृत्व गरिरहेको थियो । तर,अल्पमतमा परेसँगै आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले सदनलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । अब सबै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार हुने भएको छ ।
त्यस्तै एमालेबाट विभाजित भएर बनेको दल नेकपा एकीकृत समाजवादीले दुईओटा प्रदेशको नेतृत्व गर्ने भएको छ । वाग्मती प्रदेशमा उक्त पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् । उता, प्रदेश १ (एकीकृत समाजवादीकै संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । उनले आजै सरकारको दाबी गर्ने बताएका छन् ।
उता, सत्ता गठबन्धनको भागबण्डा मिलाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि पदबाट राजीनामा दिँदैछन् । माओवादी संसदीय दलका नेता शाहीले राजीनामा दिएसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् । उनीहरूबीच यसअघि नै आलोपालो सरकार चलाउने सहमति भएको बताइन्छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७