TRENDING

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि शुरू हुँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२६) आइतबारदेखि बेलयातको ग्लास्गोमा सुरु हुँदैछ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।

सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन सोमबार र मंगलबार हुँदैछ ।

सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।

cope
मुख्य समाचारबाट थप समाचार