

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आज मौसम सामान्यतया सफा रहने जनाएको छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाकाअनुसार आज राति प्रदेश १, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
यस्तै, प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७