

काठमाडौं । वरिष्ठ अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ ।
अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा. अरविन्दन सेल्वाराजका अनुसार ७० वर्षीय कलाकारलाई कैरोटिड आर्टरी रीवेस्कुलराइजेसनको सल्लाह दिइएको थियो । जसलाई शुक्रबार सम्पन्न गरिएको हो ।
यसपछि रजनीकान्तको स्वास्थ्यमा सुधार भइरहेको डाक्टरहरूको भनाइ छ । यद्यपि उनले केही दिन अझै अस्पतालमा नै बिताउनुपर्नेछ ।
शरीरको कुनै पनि अङ्ग वा कुनै टिस्युमा रक्त प्रवाह रोकिएपछि समस्या देखिन्छ । यसका लागि कैरोटिड एन्डाटेरेक्टोमी सर्जरी गरिन्छ । यसको मद्दतले रक्त प्रवाह कायम राखेर स्ट्रोकको खतरा कम गरिन्छ ।
रजनीकान्त गत वर्ष डिसेम्बरमा पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनी हैदराबादमा सुटिङ गरिरहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो । रजनीले रक्तचाप र थकानको समस्या रहेको बताएका थिए ।
स्वास्थ्यकै कारणले उनले गत वर्ष राजनीतिमा प्रवेश स्थगित गरेका थिए । उनले राजनीतिक दल खोल्ने बताए पनि त्यो हुन सकेन । रजनीकान्त हरेक वर्ष स्वास्थ्य चेकअपका लागि अमेरिका जान्छन् । सन् २०१६ मा रजनीकान्तको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७