

काठमाडौं । कन्नाडा अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ ।
उनको शुक्रबार हृदयघाटका कारण निधन भएको हो । समाचार एजेन्सी पीटीआईकाअनुसार बैंगलोरको अस्पतालले अभिनेता राजकुमारको निधन हृदयघाटका कारण भएको पुष्टि गरेको हो ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले ट्विट गरेर अभिनेताको निधनप्रति शोक व्यक्त गरेका छन् । “कन्नाडा सिनेमाका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघाटका कारण निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ,” उनले लेखेका छन् ।
अभिनेता राजकुमारको निधनले कन्नाडा सिनेमा र कर्नाटकलाई ठूलो क्षति भएको भन्दै मुख्यमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै उनले अभिनेताको परिवारलाई यो शोकबाट उम्किने क्षमता मिलोस् भन्दै प्रार्थना पनि गरेका छन् ।
कैयौँ राजनीतिक र मनोरञ्जन जगतका हस्तीहरूले अभिनेता राजकुमारको निधनप्रति शोक व्यक्त गरेका छन् । तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिनले पनि ट्विटमार्फत शोक व्यक्त गरेका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७