

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् ।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा उनले पत्र पठाउँदै उनले १० बुँदे लागु नगरी त्यसबारे वा समूहगत फाइदा भएपनि समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्ने पनि बताएका छन् ।
‘पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्यआधारित आन्तरिक लोकतन्त्र र सङ्घबद्धताजस्ता सत्वले बनेको नेकपा एमालेको राजनीतिक–सांस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन् । कुनै खास घटनामा हामीले व्यक्तिगत वा सामुहिक रूपमा गल्ती गर्न सक्छौँ र आफ्नो आन्तरिक विधि तथा परम्पराका आधारमा त्यसको समाधान गर्न गर्छौं,’ उनले पत्रमा भनेका छन्, ‘तर, हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दरपीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ । तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दस बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागु गरियोस् ।’
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७