

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिन स्कटल्यान्ड प्रस्थान गर्ने भएका छन् ।
सम्मेलनको अवसरमा कात्तिक १४ र १५ (नोभेम्बर १ र २) गते आयोजना हुने वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले नेपालको नेतृत्व गर्दै सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान कतार एयरको उडानबाट स्कटल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन चल्नेछ ।
सम्मेलनमा भाग लिएपछि उनी कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
एक साता लामो भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालको तर्फबाट सम्मेलनमा आफ्ना मुद्दाहरू प्रस्तुत गर्नेछन् । साथै भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्र मुलुकका समकक्षी तथा उच्चाधिकारीसँग भेटवार्ता समेत गर्नेछन् । गोरखापत्र दैनिकमा खबर छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७