

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ ।
केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए ।
‘मिति धेरै धकेल्ने कुरा छैन, ९ देखि १३ को साटो २० मंसिरबाट सुरु गर्ने भन्ने विषयमा छलफल भयो, त्यसमा एकदुई दिन तलमाथि होला, निर्वाचन समितिलाई त्यहीअनुसार काम अघि बढाउन भनिएको छ,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
बैठकमा निर्वाचन समितिले भने निर्धारित मितिमा अब महाधिवेशन गर्न सकिने सम्भावना नरहेकोबारे पदाधिकारीहरूलाई जानकारी गराएको थियो । समितिले अझै पनि १३ जिल्लामा वडा अधिवेशन गराउनेतर्फ ध्यान नदिनु ठीक नभएको भन्दै नेतृत्वलाई तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७