

काठमाडौं । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ ।
भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए । ५२ बलको पारीमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए । दुवै ब्याट्सम्यान सामु भारतका सबै बलर निरीह देखिए । खेल सकिन १३ बल अघि नै पाकिस्तानले लक्ष्य सफलता पूर्वक पछ्याउन सफल रह्यो ।
यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए ।
भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।
त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७