

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले धादिंङको रुबिभ्यालीमा वडा भेला सम्मन्न गरेको छ । जिल्लाको रूवि भ्याली गाउँ पालिका वडा नं १ र २ को संयुक्त वडा अधिवेशन आज सम्पन्न भएको हो ।
अधिवेशनले रुबिभ्याली १ बाट प्रकाश घलेको अध्यक्षतामा ४७ सदस्यिय वडा कमिटी गठन गरेको छ । अधिवेशनले कमिटीको उपाध्यक्षमा सुब्बा घले, सचिवमा विकास घले र उपसचिवमा सेतीमाया घले चयन गरेको छ । त्यसैगरी वडा नम्बर २ को अध्यक्षमा बुद्धिमान तामाङ, उपाध्यक्षमा कमी घले र दे घले , सचिवमा बुदि घले, सहसचिवमा बिक्रम बि.क. र नुनी थापा तामाङ चयन गरेको छ ।
अधिवेशनको अवसरमा १ सय ५० जनाले पार्टी प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्र रुबिभ्याली वडा नम्बर २ का वडा सचिव बुदु थापा तामाङको नेतृत्वमा र नेपाली कांग्रेसका युवा नेता बुद्धि घले , एमाले भातृ संगठन राष्ट्रिय युवा संघ रुबिभ्याली २ का अध्यक्ष जस घले , रुबिभ्याली १ का राष्ट्रिय युवा संघका उपाध्यक्ष दोर्जे तामाङ साथै रुबिभ्याली १ कै राप्रपा नेता फुर्वारोङ तामाङ र कुल थापा तामाङको नेतृत्वमा १ सय ५० जनाले एकिकृत समाजवादी पार्टी प्रवेश गरेका हुन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७