

काठमाडौं । सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।
अरू छ जना घटनापश्चात् फरार भएकामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोही दिन कमलामाई नगरपालिका–५ बोझे घर भएका २२ वर्षीया हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
साथै घटनापश्चात् फरार रहेका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मिलन लामा र विश्व राई फरार रहेका थिए । फरारमध्ये कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन र २१ वर्षीय मिलन लामालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको उनले जानकारी दिए।
सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
फरार रहेका आरोपित आकाश मगर बर्दिबासबाट भक्तपुरमा लुकिछिपी बस्दै आएकामा भक्तपुरमा खोजी गर्दा पुनः सिन्धुलीतर्फ आउँदै गरेको अवस्थामा कात्तिक ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न फरार रहेका विश्व राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साथै घटनापश्चात आरोपितलाई भगाउन सहयोग गर्ने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई–५ बोजेका सञ्जीव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई–४ का शिव देवकोटा, कमलामाई–६ का मेघबहादुर श्रेष्ठ र सर्लाहीको हरिवन–८ ईश्वर आलेलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए।
आरोपित भगाउन प्रयोग भएको बा१०च १८३६ नंको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नंको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७