

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् ।
इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताएका हुन् ।
उनले सरकारले यसअघि नै मृतकका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले भने, “पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।”
प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पु¥याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताए। पहिरोपीडितलाई सम्बोधन गर्दै उनले भने, “हामी तपाईहरुको साथमा छाँै, त्यही भएर हामी आएका हौं ।”
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७