

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन्।
आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताए ।
उनले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एक ढिक्का भएर लाग्ने बताए । अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवद्र्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।”
उनले आजै नेपाली कांग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरे । अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबारसम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अविधेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिए। उनले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गरे ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७