

काठमाडौं । नेकपा (एमाले) ले महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको विषयमा छलफल गर्न र प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।
त्यस्तै, सोही विषयमा नै छलफल गर्न कात्तिक ११ गते स्थायी कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागी २०७७ चैत्र मशान्तसम्म नवीकरण र नयाँ सदस्यता बनेका योग्य हुने निर्णय बैठकले गरेको छ । त्यस्तै महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
शुक्रबारको बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७