TRENDING

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ अझै बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रवार दिउँसोसम्म मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

१ नम्बर प्रदेशमा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

साथै १ नम्बर प्रदेशमा २१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै १ नम्बर प्रदेशमा ११, २ नम्बर प्रदेशमा १, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ३७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । ७८ घर, १६ गोठ, ६ पुल, १ विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् ।

flood
मुख्य समाचारबाट थप समाचार