

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओमा २२ लाख ५५ हजार ८४ आवेदकले दुई करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
२२ लाख ४१ हजार १३८ जनाको आवेदन भेरिफाइड हुँदा सोही आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख नौ हजार २५० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड भएको हो । योग्य आवेदकमध्ये करिब २० लाख ३२ हजार आवेदकको हात खाली भएको छ ।
कम्पनीले गएको असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।
निष्कासनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई बिक्री गरिएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७