TRENDING

असाध्यै महँगियो प्याजको भाउ

काठमाडौं । काठमाडौँ उपत्यकामा दशैँदेखि सुुकेको प्याजको भाउ बढेको छ।

दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दशैँदेखि बढेर अहिले प्रतिकेजी ८२ रुपियाँ पुगेको छ। अन्य बेलाको तुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो।

अघिल्ला वर्षहरूका दशैँमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो तर यो वर्षजस्तो धेरै महँगो नभएको उपभोक्ता बताउँछन्।

असोज २० सम्म प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएकामा घटस्थापनामा प्रतिकेजी ६० रुपियाँ हुँदै फूलपातीसम्म ८२ रुपियाँ पुगेको छ ।

दशैँ सुरु भएयता प्याजको भाउ थोकमै प्रतिकेजीमा ३७ रुपियाँमा महँगो भएको हो।

व्यापारीहरू भने प्याज दशैँका कारण भन्दा पनि भारतमै महँगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन्। यो खबर गोरखापत्रमा छापिएको छ ।