

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा रहेका १२ जना हिउँमा फसेका छन् । पदयात्राका लागी आएका स्लोभेनियाका नागरिक चार जना, पथप्रदर्शक तीन जना र स्थानीय पाँच जना गरि १२ जना लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् ।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमै रोकिएका हुन् ।
न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परि बाटो बन्द भएपछि स्थानीय नागरिकका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताएका छन् ।
फसेकाहरुको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनाएका छन् । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धारमा समस्या भएको छ ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७