TRENDING

सवारी दुर्घटनामा परि घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने सरकारको घोषणा

काठमाडौं । सार्वजनिक सवारी दुर्घटनामा घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ ।

सरकारले सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको किरिया खर्च,मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचार गरिदिने भएको हो ।

कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट भएको ठूलो मानवीय क्षति भएपछि गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दैै घाइतेहरुको निशुल्क उपचार तथा मृतकलाई राहतको व्यवस्था गरिने बताएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’

सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाई नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएको छ ।

मुख्य समाचारबाट थप समाचार