

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बुटवल मोतिपुर औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका सुकुम्बासीको समस्या समाधान गर्न सुझाव कार्यदल निर्माण गर्न निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री केसीले वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूको समस्या तत्काल समाधानका लागि पहल गर्न पनि निर्देशन दिएका छन् ।
आजको सर्वदलीय बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, नापी कार्यालय रुपन्देही प्रतिनिधि, मालपोत कार्यालय रूपन्देहीको प्रतिनिधि, औद्योगिक ग्राम रूपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधिको एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार उक्त औद्योगिक क्षेत्रमा केही स्थानीय र अधिकांश अन्य जिल्लाबाट आएका सुकुम्बासीहरू टहरा बनाएर बसेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७