TRENDING

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

काठमाडौं । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अनपेक्षित प्रयोगहरू तथा तथाकथित “प्राकृतिक प्रयोगहरू”बाट निष्कर्ष निकाल्न काम गरेका तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका डेभिड कार्डलाई आधा र बाँकी आधा मासाच्युट्स इन्स्टिट्युट अफ टेक्नोलोलीका जोशूआ अ्याङ्ग्रीस्ट र स्टानफोर्ड विश्वविद्यालयका गुइडो इम्बेन्सलाई प्रदान गरिएको हो ।

रोयल स्विडिस एकेडमी अफ साइन्सेजले तीन जनाले अर्थशास्त्रमा अनुभवजन्य कार्यलाई पूरै बदलेको बताएको छ । कार्डलाई श्रम अर्थशास्त्रमा पुर्‍याएको अनुभवजन्य योगदान र अ्याङ्ग्रिस्ट र इम्बेन्सलाई कारणसम्बन्धी सम्बन्धहरूको विश्लेषणमा पुर्‍याएको पद्धतिगत योगदानका लागि नोबेल अर्थशास्त्र पुरस्कारबाट सम्मानित गरिएको हो ।

नोबेल अर्थशास्त्र कमिटीका अध्यक्ष फ्रेड्रिकसनले समाजको लागि प्रमुख प्रश्नहरूमाथि कार्डले गरेको अध्ययन र अ्याङ्ग्रिस्ट र इम्बेन्सको पद्धतिगत योगदानले प्राकृतिक प्रयोगहरू ज्ञानको एक समृद्ध स्रोत देखाएका बताए । “उनीहरूको अनुसन्धानले महत्वपूर्ण कारणसम्बन्धी प्रश्नहरूको जवाफ दिने हाम्रो क्षमतामा काफी सुधार गरेको छ, जुन समाजको लागि धेरै नै फाइदाजनक हो,” उनले भने ।

अन्य नोबेल पुरस्कार जस्तो अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अल्फ्रेड मार्शलको इच्छामा स्थापना गरिएको होइन । तर, स्विडिस सेन्ट्रल बैंकले उनको सम्झनामा १९६८ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार स्थापना गरिदिएको हो । एजेन्सी

 

economists