

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए।
पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उनले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताए।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गरेको र उनले पार्टीबाट लिनेभन्दा पनि दिने काम गरेको भन्दै सभापति देउवाले आचार्यकोे योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राखे । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उनले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताए। कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उनले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताए । कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरे। प्रजातन्त्र सेनानी आचार्यले नेपाली कांग्रेस पोखरा–७ एकाइका लागि रु ५० लाख सहयोग हस्तान्तरण गरे।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७