

काठमाडौं । जनआन्दोलनकी ‘पोस्टर गर्ल’को रुपमा चर्चित नेतृ रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् ।
दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनको छबि जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को रुपमा परिचित छ ।
उनले शुक्रवार सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् । यो उनको पहिलो अनुभव हो ।
उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् ।
झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।
२०३५ मा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७