

काठमाडौं । सुजन वाईबा (परिवर्तित नाम) बौद्धमा बस्छन् । उनको घर दोलखाको मेलुङ हो ।
केही दिन अघिको कुरा हो । उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम बताउने महिलाले सुजनलाई फोन गरी एयरपोर्ट बोलाउँछन् ।
काभ्रे बनेपा घर भएकी युनिसा जडिबुटि बस्छिन् भने काभ्रे नमोबुद्ध घर भएकी सुनिता बानेश्वर बस्छिन् ।
सुजनलाई युनिसा र सुनिताले एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लान्छन् ।
कटेज पुगेपछि युनिसाले टिकटक बनाउन्छु भनेर सुजनले लगाईरहेको करिब ३७ दशमलब ५ ग्रामको सुनको सिक्री लिई साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा जान्छिन् ।
युनिसाले सुनिता र सुजनलाई होटलको कोठा भित्र छोडी सुनको सिक्री लिई बाहिर निस्किन्छिन् ।
त्यसपछि सुनिताले आफ्नो मोबाईल कोठामा छोडि बाहिरबाट कोठा बन्द गरी करिब २ लाख ५० हजार बराबरको सुन लिई ब्ल्याकमेलिङ सुरु गर्छन् ।
सुजनलाई सो कुरा असह्य हुन्छ । उनले अपराध महाशाखालाई गुहार्छन् ।
महाशाखाबाट खटिएको टोलीले ती युनिसा र सुनितालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरी परिसर जवालाखेल, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७