

भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
सोमबार भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु हुनेको प्रत्येकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय सदर गरेको हो ।
भारतमा अहिलेसम्म आधिकारिकरुपमा कोरोना भाइरसको कारण चार लाख ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ । यद्यपि जानकारहरुले भने यो संख्या वास्तविकतामा १० गुणा बढी हुन सक्ने बताएका छन् ।
सरकारले यो राहतको लागि आवेदन दिएको ३० दिनभित्र रकम उपलब्ध गराउनुपर्ने सर्वोच्च अदालतले बताएको छ । अदालतले अधिकारिक रुपमा कोरोनाबाट मृत्यु भएको नखुले पनि कुनै पनि सरकारले राहत तत्कालै अस्वीकार गर्न भने सक्नेछैनन् । त्यसको निर्णय अर्को एक कमिटिले गर्नेछ र ३० दिनभित्र यस विषयमा निर्णय गरिनेछ ।
गत जुनमा अभियोजनकर्ताहरुले कोरोनाबाट मृत्यु हुने प्रत्येक मानिसका परिवारले राहत पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७