TRENDING
होमपेज
विङ्गरबाट खसेर सहचालकको मृत्यु


काठमाडौं । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा मंगलवार साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ज २०९० नंको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो । विङ्गरको ढोकाको लक खुल्न जाँदा बुडाल सडकमा खस्दा टाउकामा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याइएको थियो ।
अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ । रासस
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७