

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउँदै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए ।
यसैगरी बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सह–सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताए ।
बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णु प्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको ‘हाइ लेबल मिटिङ’मा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि बैठकले गरेको छ ।
बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७