

धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले ।
तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।
भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।
पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।
लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।
उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।
पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।
कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।
दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।
कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।
एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस् ।
कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।
खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् ।
मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।
सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस् । एजेन्सीको सहयोगमा
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७