

काठमाडौं । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ ।
नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै ३६ हजार ४० जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८२२ महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । गत साउनमा २५ हजार ४२८ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।
महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार १८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । यस्तै दुुई हजार ६७१ अर्धदक्ष श्रमिक विदेशिएका छन् । २७ जना व्यावसायिक र आठ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७