

नेपाल उद्योग वाणिज्य महासंघले पुँजी बजारको विद्यमान आवस्थाबारे ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक बिज्ञप्ति जारी गर्दै पुँजी बजारको विद्यमान अवस्थाबारे ध्यानाकर्षण भएको जनाएको हो ।
कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि नेपालको पूँजी बजार भने यस अवधिमा गतिशील रही पुँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विश्वास बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष भएको महासंघको भनाइ छ ।
बजारमा प्रविधिको प्रयोग र बैंक वित्तीय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाए । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्फ आकर्षण बढ्दै गएको देखाउँछ ।
‘मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतार चढाव आएको महसुस गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ । शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूँजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।’
पूँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघले सम्बन्धित सबैमा आग्रह गरेको छ । ‘साथै पुँजी बजारमा जोखिम पनि रहने हुंदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गर्दछ । यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक छ,’ बिज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ ।’
पूँजी बजारकोे बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुदा त्यसतर्फ सबैले योगदान गर्न पनि महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७