

काठमाडौं । काठमाडौं उपत्यकामा ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही १३ असोजसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले लगाएका छन् ।
उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसंख्यामध्ये पहिलो मात्रा १६ लाख २२ हजार ४४१ जनाले र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनाले लगाएका छन् ।
यस्तै, काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । काठमाडौं जिल्लामा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेकामा ११ लाख ७७ हजार ६० जनाले पहिलो मात्रा र ११ लाख १२ हजार ८९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना लक्षितमध्ये एक लाख ५५ हजार ३२६ जनाले पहिलो मात्रा र एक लाख ८४ हजार ७८७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षितमध्ये पहिलो मात्रा दुई लाख ९० हजार ५५ जना र दुई लाख ६५ हजार ५४ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७