

कपिलवस्तु । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा कपिलवस्तुमा दुई जना पक्राउ परेका छन् ।
जिल्लाको बाणगंगा नगरपालिका-१ वैरियामा रकम संकलन गरेको अवस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी पक्राउ परेका हुन् ।
वैरिया बजारमा रकम संकलन गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको छ ।
वैरिया बजारमा सहयोग संकलन गर्ने क्रममा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि नक्कली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको थियो ।
पक्राउ परेकी पौडेल संस्थामा पूर्व कर्मचारी रहेको र तीन महिनाअघि उनले संस्था छाडेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७