

ओखलढुंगा । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ओखलढुंगाले तीन महिने कार्ययाेजना सार्वजनिक गरेकाे छ । जिल्ला कमिटी गठनपछि बसेकाे सचिवालय बैठकले संगठन विस्तारका तीन महिने कार्ययाेजना ल्याएकाे हाे ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका याेजनाहरूमा संगठन सुदृढीकरण अभियानदेखि भ्रष्टाचारविरुद्ध भण्डाफाेर अभियानसमेत छन् । नेकपा (एस)का प्रचार विभाग प्रमुख दीपक फुयाँलका अनुसार जिल्लाका सबै तह र वडासम्म कमिटी निर्मण गर्ने, जनसंगठन तथा पेसागत संगठनका कमिटी निर्माण गर्नेलगायत छन् ।
जिल्ला तथा स्थानीय तहमा संचालित विकास निर्माण र सेवा प्रवाहमा देखिएकाे आर्थिक अनियमितता र ढिलासुस्तीका विरुद्ध नागरिक समाज र संचार जगत्बीच सहकार्य गरेर जनदबाब सिर्जना गर्ने याेजना पनि पार्टीले ल्याएकाे छ ।
गठबन्धनलाई जिल्ला तहमा निरन्तरता दिँदै साझा मुद्दामा सामूहिक पैरवी गर्ने, पार्टी प्रवेश तथा सदस्यता वितरणलाई प्रथामिकतामा राखेर अघि बढ्ने जिल्ला अध्यक्ष हंशराज वाग्लेले बताए । उनले भने, ‘अब विकासका याेजनामा कमिसन असुलेर जीवन चलाउनेका दिन गए, हेर्दै गर्नुहाेला ।’
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७