

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन नबन्ने बताएका छन् । मंगलबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले मध्यावधि निर्वाचनका लागि एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए ।
कार्यक्रममा सम्पादकहरूले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले बढाएको संवादको आसय कांग्रेस-एमाले गठबन्धन हुन लागेको हो ? भनेर सोधेका थिए ।
जबाफमा ओलीले देशमा ताजा जनादेश आवश्यक भएको तर एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए । ‘गठबन्धन छँदै छ । गठबन्धनले चुनाव गराए भयो । अढाइ महिनासम्म सरकार विस्तार हुँदैन । यसरी देशको अमूल्य समय बर्बाद बनाउनुहुँदैन । ताजा जनादेशमा जानुपर्छ’, उनले भने ।
अध्यक्ष ओलीले सभामुखको भूमिका गठबन्धनको पक्ष र प्रतिपक्षी पार्टीको पक्षमा देखिएको बताए । निर्वाचन आयोग पनि दबाबमा परेको उनको भनाइ थियो ।
पार्टी दुइटा पाइलटले नचलेको र असफल भएको भन्दै ओलीले अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले चलाउने दाबी पनि गरे ।
उनले आगामी महाधिवेशनबाट एमाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुने घोषणा गरे । ‘सचेत समुदायले आफ्नो ठाउँमा संघर्ष गर्नुपर्छ । त्यसको प्रबन्धनका लागि अहिलेदेखि वैधानिक व्यवस्था गरेर जान्छौँ’, उनले भने ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७