

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अधिवेशन पुन: एकदिन पछि सारिएको छ । सहमतिको प्रयासका लागि भन्दै सोमबार बिहानसम्मका लागि गाउँपालिका अधिवेशन सारिएको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर गाउँपालिका अधिवेशन आइतबार बिहान १० बजेदेखि सुरु गर्ने सहमति भएको थियो । तर, आइतबार उम्मेद्वारको नामावली प्रकाशन बाहेकका निर्वाचन प्रकृया अघि बढ्न नसकेको कांग्रेसले जनाएको छ ।
निर्वाचन अधिकृत पञ्चुकुमार राईले ‘सोमबार बिहान ८ बजेसम्म सहमतिको प्रयास जारी राख्ने र सहमति नभए बिहान ९ बजेबाट चुनावी प्रकृया अघि बढाउने’ सूचना टाँस गरेका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अमृत गिरी र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । गिरीलाई उँपालिका अध्यक्ष भुपेन्द्र राईको र खड्कालाई कांग्रेस खोटाङका पूर्वसभापति विष्णुकुमार राईको समर्थन छ । ४२ सदस्यीय गाउँपालिका कार्य समितिको धेरैजसो सदस्य भने सहमतिबाट टुंग्याइसकिएको छ ।
गत भदौ १८ गते मत गणनाका क्रममा १०८औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिवेशन विवादकाबीच टुंगिएको थियो । सो विवादलाई निकास दिनकालागि कांग्रेसले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
याम्खाको वडा अधिवेशनको विवाद छानविनका क्रममा रहेकाले गाउँपालिका अधिवेशन सुरु गर्ने/नगर्ने भन्नेमा मतभेद सुरु भएपछि छानविन समितिले शनिबार ‘वडा अधिवेशन प्रकृयागत रूपमा सही भएको’ प्रतिबेदन उपलव्ध गराएको थियो । सो प्रतिबेदन प्राप्त भएपछि दुबै पक्षको सहमतीमा गाउँपालिका अधिवेशन एक दिनपछि सारिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७