TRENDING

न्युन चापीय क्षेत्रको प्रभावले नेपालका विभिन्न प्रदेशमा रोकिएन वर्षा

काठमाडौं । देशका तीन प्रदेशमा हाल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ ।

महाशाखाको मौसम बुलेटिनका अनुसार हाल बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ । आज राति पनि देशैभरका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।