

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका बालिकालाई विद्यालयमा प्रतिवन्ध लगाउनु गैर मुस्लिम कार्य भएको टिप्पणी गरेका छन् । तालिवान सत्तामा आएसँगै अफगानिस्तानका माध्यामिक तहका छात्रालाई विद्यालयमा रोक लागिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री खानको सो टिप्पणी आएको हो । उनले समावेशी हुन र मानवअधिकार सम्मान गर्न अफगान नेतृत्वसँग अनुरोधसमेत गरेका छन् ।
एक प्रसंगमा उनले अफगानिस्तान पाकिस्तानको सुरक्षामा चुनौती दिने अतिवादीको आश्रय स्थल बन्न नहुने बताए । तालिवानको नयाँ सरकारलाई औपचारिक रुपमा मान्यता दिन आफ्ना शर्त पुरा हुनुपर्ने उनको भनाई छ ।
अफगानिस्तानमा चाँडै बालिकाहरु विद्यालय गएको आफूले देख्न चाहेको उनले बताए । तालिवानले महिला अधिकारका बारेमा व्यक्त प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने उनको भनाई छ ।
‘मलाई लाग्छ तालिवनले बालिकालाई पढ्न अनुमति दिनेछन् । ’ उनले थपे, ‘महिलालाई बिद्यालयबाट बन्चित गर्नु गैर मुस्लिम परम्परा हो । पढाईसँग धर्मको कुनै सम्बन्ध छैन् ।
सन् १९९६ मा सत्तामा हुँदा तालिवानले बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो । तालिवान नेतृत्वले महिलाका अधिकार मुस्लिम कानून शरियाको ढाँचामा रहेर सम्मान गरिने जनाउदै आएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७