

एजेन्सी । अस्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । भिक्टोरिया राज्यको म्यान्सफिल्ड सहरलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको असर मेलवर्न सहरलगायत दक्षिणपूर्वी अस्टेलियामा महशुस गरिएको थियो ।
भूकम्पका कारण केही भवन भत्किएको सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा देखिन्छ, तर, घाइतेको विवरण सार्वजनिक भएको छैन् । दक्षिण अस्ट्रेलिया र न्यु साउद वेल्समा पनि भूकम्प महशुस गरिएको थियो ।
पुनः अर्को भूकम्प आउन सक्ने भन्दै भिक्टोरिया राज्यको आपतकालिन सेवाले सर्वसाधरणलाई सचेत गराएको छ । ‘भिक्टोरियामा बसोबास गर्ने व्यक्ति जोखिममा छन् । कुनै पनि बेला अर्को भूकम्प जान सक्ने भएकोले सुरक्षित क्षेत्रमा रहनुहोस , ’ सेवाले भनेको छ । सो राज्यमा सवारी नचाउन पनि अनुरोध गरिएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरुमा मेलवर्नमा भत्किएका घरबाट धुलो उडेको देखिन्छ । सम्भावित क्षतिलाई मनन गर्दै अग्ला टावर र सहरका अस्पताल खाली गरिएका छन् । त्यस्तै, विद्युतबाट चल्ने सवारी सेवा स्थगित गरिएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७