

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्र्ट बीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्फत् डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत् खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।
व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७