TRENDING

काठमाडौँको कपनमा एक बालक ढलमा खसेर बेपत्ता

काठमाडौं । काठमाडौँको कपनमा एक बालक ढलमा खसेर बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

हिजो राति करिब ८ बजेको समयमा काठमाडौं महानगरपालिका ६ र बुढानीलकण्ठ १० को सिमानास्थित तरकारी बजार नजिककै रहेको ढलमा खस्दा बालक बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा रहेका ढलहरुमा मानिस खस्ने, बेपत्ता हुने र मृत्यू हुने घटना बारम्बार हुँदै आएका छन् ।

यसअघि बानेश्वर स्थित ढलमा खसेकी महिलाको शव बाग्मती नदीमा भेटिएको थियो । त्यस्तै माकलबारीमा ढलमा खसेकि महिलाको जीवितै उद्धार गरिएको थियो ।