

काठमाडौं । पार्टी भित्र छलफल नै नगरी मन्त्रीहरुको नाम तय गरी मन्त्री नियुक्त गरेको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले एकलौटी निर्णय गर्न खोजेको आफुहरुलाई मान्य नहुने भन्दै नेता पौडेलले आफ्नो पक्षका नेताहरुको बैठक डाकेका छन् । सो बैठक आज केहि बेरमा महामन्त्री डा.शशांक कोइराला निवास महाराजगंजमा बस्ने बताइएको छ । सत्तारुढ दलको हिजो बसेको बैठकले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले खड्कालाई नियुक्त गरेका थिए ।
कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चार जना मन्त्री नियुक्त भएका छन् । २९ असारमा प्रधानमन्त्री देउवासँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँण नियुक्त भएका थिए भने त्यसको एक सातापछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका थिए । सोही बारेमा विमत्ति जनाउँदैकांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका थिए ।
२५ सदस्यीय मन्त्रिमण्डलमा अझै १६ मन्त्रालय प्रधानमन्त्री मातहत छन् । प्रधानमन्त्री नियुक्त भएको ७० दिन पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७