

काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । दोहामा हुने खेल स्थानीय समयअनुसार रातको ७ बजे हुनेछ ।
साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा रहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिम कतारबाट साफका लागि २७ सेप्टेम्बरमा माल्दिभ्स जानेछ । आगामी १ देखि १६ अक्टोबरसम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल श्रीलंकासँग १८ असोजमा खेल्नेछ । नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग र २७ असोजमा बंगलादेशसँग खेल्नेछ ।
तालिकाका शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७