

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीशहर नगरपालिका- ७ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका- ६ बस्ने वर्ष ४८ का आइतराम तामाङ, सोही स्थान घर भएका वर्ष ३७ का रामबहादुर तामाङ र सोही स्थान घर भएका वर्ष २४ का मीनबहादुर तामाङ रहेका छन् ।
गए राति सवा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा चेकिङमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५०० ग्राम र नीरमसी १३ किलो ४०० ग्राम बरामद गरेको हो । २९ किलो जडिबुटीको रकम ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।
पक्राउ परेका तीनै जनालाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना नै बनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७