

काठमाडौं । नेपाल भारत सिमा क्षेत्रमा गस्तीमा गएका नेपाली शसस्त्र प्रहरी टोलीलाई भारतीय तस्कर समुहले आक्रमण गरेको छ । कंचनपुरमा हिजो भएको सो आक्रमणमा परि तीन जना घाइते भएका छन् ।
साँझ करिब ८ बजे दोधाराचाँदनी नगरपालिका–८ कञ्जभोज नजिकै पर्ने नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न सामान तस्कर गर्दै गरेका तस्करीहरुलाई गस्ती टोलीले पक्रन लाग्दा नीजहरुले ढुंगामुढा गर्दै आक्रमण गरी फुत्कन सफल भएका थिए ।
भारतीय भूमीमा प्रवेश गरेका उनीहरुलाई पक्रन शसस्त्र प्रहरीले तत्काल एसएसबी र भारतीय प्रहरीलाई खबर गरेको एसपी वीरेन्द्र ऐरले बताएका छन् । एसएसबी र भारतीय प्रहरी तत्काल घटनास्थल पुगेको उनले बताएका छन् । साथै भारतीय पक्षले तस्करहरुको पहिचान गरिसकेको र छिट्टै नै पक्रेर कारबाही अघि बढाउने आश्वासन दिएको ऐरको भनाई छ ।
आक्रमणमा परि सामान्य घाइते भएका सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवानहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७