TRENDING
होमपेज
बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्य तत्काल शुरु गर्नुपर्ने भन्दै स्थानीयद्धारा प्रदर्शन


काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न मिति सम्म पनि काम अघि नबढेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । आयोजनाको नाममा राजनीति मात्रै भइरहँदा आफुहरुले सास्ती भोग्नु परेको स्थानीयहरुले बताएका छन् ।
विस्तृत परियोजना प्रतिवेदन तयार भइसक्दा पनि सरकारले आयोजनाको मोडालिटी टुंगो नलगाउँदा निर्माण कार्य सुचारु हुन सकेको छैन । आयोजना निर्माणमा स्थानीयको कुनै अवरोध नरहने बरु आफ्ना जायज माग पुरा गरेर निर्माण कार्य तत्काल थाल्नका लागि स्थानीयको माग रहेको छ ।
माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७