TRENDING

संखुवासभा सामुहिक हत्या प्रकरणमा अन्य ४ को संलग्नता रहेको प्रहरीको पुष्टि

काठमाडौं । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ५ जना संलग्न रहेको खुलेको छ । ६ जनाको परिवारमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।

हत्याका मुख्य आरोपि लोकबहादुर कार्की र उनका भाई नरेश कार्कीलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । ६ जना परिवारको सामुहिक हत्यामा उनी एक्लैले गरेको भनिएतापनि प्रहरीले अन्य ६ जनाको पनि संलग्नता रहेको देखिएको भन्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की रहेका छन् । घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको अनुसन्धानबाट खुलेको एसपि भिम दाहालले बताएका छन् ।

घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।

मुख्य समाचारबाट थप समाचार