TRENDING

आज संविधान दिवस, टुँडिखेलमा विशेष समारोहको आयोजना

काठमाडौं । आज संविधान दिवस । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते सार्वभौम सम्पन्न संविधान सभाले संघियता सहितको संविधान जारी गरेको थियो ।

यसै सन्दर्भमा आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाइएको छ । यस वर्ष सरकारले संविधान दिवसलाई उत्सवको रुपमा हिजैदेखि मनाइरहेको र भोली सम्म गरी ३ दिन मनाइरहेको छ । दिवसको मुख्य दिन आज घरघरमा दीपावलीका गर्नुका साथै राष्ट्रिय झण्डा फहराएर मनाउन सरकारले सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।

आज काठमाडौंँको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइँदैछ । सोहि क्रममा शान्तिको प्रतिक परेवा उडाउनुका साथै नेपाली सेनाको हेलीकप्टरबाट पूष्पवृष्टि गरिएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा गठित मुल समारोह समितिको आयोजनामा कार्यक्रमहरु भईरहेको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकिहरु समेत प्रदर्शन गरिएको छ ।

 

टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

मुख्य समाचारबाट थप समाचार