TRENDING

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय मिनभवनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आजबाट औपचारिक सन्चालनमा आएको छ । मिनभवनमा अवस्थित १५ वटा कोठाहरु भएको कार्यालयको पार्टी अध्यक्ष माधव कुमार नेपालले आज बिहान उद्घाटन गर्नुभएको हो ।

स्थानीय पूजा थापा बस्नेतको सो घर मासिक तीन लाख २५ हजार रुपैंया तिर्ने गरी भाडामा लिइएको हो । कार्यालय उद्घाटन कार्यक्रममा उल्लेख्य नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।