

धादिङ । धादिङका १ सय ४ वटा वडाहरुमा नेपाली कांग्रेस धादिङको वडा अधिवेशन सम्पन्न भएसँगै जिल्ला सभापतिका लागि चर्चा शुरु भएको छ । जिल्ला सभापतिका लागि चार जना नेताहरूको दाबी परेको छ ।
नेपाली काँग्रेस धादिङका नेता, पूर्वसांसद एवम् पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, पूर्वमन्त्री दिलमान पाख्रिन र वर्तमान जिल्ला सभापति रमेश धमलाले सभापतिमा दाबी गरेका हुन् । १३औँ महाधिवेशनमा धादिङमा महामन्त्री शशांक कोइराला निकट मानिने रमेश धमलाले ढुंगानालाई २६ मतले पराजित गरेका थिए ।
जिल्ला अधिवेशनका बेला उम्मेदवारी दिने क्रममा ढुंगाना र पाख्रिनमध्ये एकजनाले सभापतिमा उम्मेदवारी दिने सम्भावना देखिन्छ । एकले अर्कालाई राजनीतिक रुपमा यसअघि पनि सहयोग गर्दै आएका यि २ नेताहरु एकअर्काको निकट रहेको मानिन्छ । ढुंगाना र पाख्रिन मिल्ने नेताहरू हुन् । एकले अर्कालाई राजनीतिमा सधैँ सहयोग गर्दै आएका छन् । अधिवेशनमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट ढुंगाना र पाख्रिनको नाम चर्चामा रहेको हो ।
यता नेता रामचन्द्र पौडेल समूहबाट पूर्व पार्टी सभापति अधिकारी र हालका सभापति धमलाले उम्मेदवारी दिने चर्चा रहेको छ । करिब २ दशक लामो राजनीतिक यात्रामा नेतृत्व गरिसकेका अधिकारी यसअघि २ पटकसम्म पार्टी सभापति भईसकेका छन् । धमलाले पनि पार्टी सभापतिमा दोहो¥याउन उम्मेद्वारी दिन खोजेका हुन् । सभापतिमा उम्मेदवार बन्न चाहेकाहरूले प्रचार प्रसार समेत गर्न थालेका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७